सोमवार, जेष्ठ ७, २०८१

नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन

 काठमाडौं पुस ८,
नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । यसअघि तुइन खोलामा पुल बनाउन भित्तो काट्न्का लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने सूचना जारी गरिएको थियो ।
तर नागढुङ्गा९मुग्लिन सडक आयोजना पश्चिमखण्ड ९नारायणगढ९मुग्लिन०ले आज अर्को सूचना जारी गर्दै दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द हुने जनाएके छ।

यसवीचमा नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म र काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिन आयोजनले जनाएको छ ।

आगामी तीन हप्ता भित्र पहिलो चरणको भित्तो काटिनेछ तयारी रहेको जनाउसंगै आयोजनाले गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम नसकिएका कारण पुन सवारी रोक्नु परेको जानकारी दिएको छ।

साथै राजधानी काठमाडौँबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।