सोमवार, जेष्ठ ७, २०८१

प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्ने काँग्रेस महामन्त्री शर्माको चेतावनी

  काठमाडौं पुस ७,

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शनिवार बागमती प्रदेशको प्रदेश सम्मेलनलाइ सम्बोधन गर्दै फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

त्यस्तै सम्बोधनको क्रममा महामन्त्री शर्माले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरू पूरा गर्न केन्द्रीय सरकारको ध्यनाकर्षण समेत गराउनुभयो ।
साथै उहाँले आसन्न कांग्रेस महासमिति बैठकसम्मको मिति तोक्दै यसवीचमा पनि कुनै सुनवाइ नभए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने चेतावनी समेत दिनुभयो ।

त्यस्तै महामन्त्री शर्माले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको नियुक्ति राजनीतिक भागबण्डाका आधारमा नभई योग्य व्यक्तिको छनौट गर्न समेत सरकारको ध्यनाकर्षण गराउनुभयो ।