आइतवार, जेष्ठ ६, २०८१

काठमाडौं जिसस र स्टार्टअफ हववीचको सहकार्यमा स्टार्टअफ इन्कुवेशन, इन्नोभेसन सेन्टर सञ्चालन हुने

काठमाडौं पुस ६,
काठमाडौं जिल्ला समन्वय समिति र स्टार्टअफ हव नेपालवीचको सहकार्यमा स्टार्टअफ इन्कुवेशन, इन्नोभेसन सेन्टर सञ्चालन गर्ने समझदारी भएको छ ।  जिल्ला समन्वय समिति काठमाडौंले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकका कुना कन्दरामा रहेका उच्च संभावनायुक्त स्टार्ट अफहरुको नविनतम ज्ञान ,सोच सिपर क्षमताको पहिचान गर्दै त्यस्ता व्यक्तिको प्रतिभालाइ परिवर्तनको संभाहकको रुपमा पहिचान गर्ने लक्ष्य निर्धारण गरिएको जानकारी दिइएको छ।

त्यस्तै यसरी पहिचान गरिएका स्टार्टअफहरुलाइ आवश्यक मेन्टरसिप पोलिसी,गाइडेन्स एक्सपर्टको सहजीकरणसंगै लगानीको समेत सहजीकरण गर्ने सुविधा उपलब्ध गराइने स्टार्ट अफ वल्र्डकपका अध्यक्ष डा. शम्भु पोखरेलले दिनुभयो ।  साथै डा. पोखरेलले पहिचान गरिएका र आन्तरिक प्रतिस्पर्धाबाट निखारिएका स्टार्टअफहरुलाइ अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले सुरुवात गरेको स्टार्टअप वर्ल्ड कपमा समेत सहभागी गराइने जानकारी दिनुभयो ।

स्टार्ट अफवल्र्डकप वल्र्डकपमा विश्वका एकसय भन्दा बढी राष्टले प्रतिस्पर्धात्मक सहभागीता जनाउने र यसमा विजय हुने विश्वविजेताले १ मिलियन डलर अर्थात १३ करोड नेपाली रुपैया वरावरको पुरस्कार पाउने बताउनुभयो ।  यसअघि पनि स्टार्टअप वर्ल्डकपमा नेपालको तर्फबाट गल्ली म्याप राजविक्रम महर्जन , ट्याक्सीमाण्डु सर्भिस प्रालिका अर्जुन केसी र स्टार्टअप वर्ल्डकप ट्याटु गरि ३ जना स्टार्टअपले सिलिकन भ्यलीमा प्रतिस्पर्धा गरिसकेको जानकारी दिनुभयो ।

त्यस्तै सभदारी पत्र आदान प्रदान पछि समितिका अध्यक्ष सन्तोष बुढाथोकीले  मानिसहरूको मस्तिष्कमा हरेक दिन नयाँ नयाँ विचार सिर्जना हुने र यसरी सिर्जना भएको विचारलाइ स्थानीय तथा राष्टिय तहको उन्नयनमा कार्यान्वयन गर्ने लक्ष्य सहित स्टार्टअफ हव नेपालसंगको सहकार्यमा स्टार्टअफ इन्कुवेशन, इन्नोभेसन सेन्टर सञ्चालन गर्ने वातावरण बनेको बताउनुभयो ।

साथै उहाँले  जिल्ला समन्वय  समितिमा सरकारको वार्षिक एक अर्बभन्दा बढी लगानी छ तर  पछिल्लो समय ती लगानीको   आउटपुट  के त भन्ने  प्रश्न खड्किएको  जनाउ सहित  ११ वटा पालिकाभित्रका विभिन्न क्षेत्रमा काम गर्न चाहने लुकेका प्रतिभालाई राष्ट्रिय रअन्तर्राष्ट्रिय रूपमा लैजान पनि स्टार्टअप इन्कुवेसन र इन्नोभेसन सेन्टरको महत्वपूर्ण भूमिका हुने निष्कर्ष सहित नयाँ सोचलाइ सार्थकता दिन खोजिएको बताउनुभयो ।

 स्टार्टअप इन्कुवेसन र इन्नोभेसन सेन्टर सञ्चालन  गर्ने  सम्झौतापत्रमा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष बुढाथोकी र स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।