सोमवार, जेष्ठ ७, २०८१

देशभर तापक्रम घट्नेक्रम बढ्यो ,काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

काठमाडौं पुस ५
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम घट्दै गएसँगै अत्यधिक चिसो बढेको जनाएकोछ । महाशाखाले आज बिहान पौने ९ बजे अध्यावधिक गरेको विवरण अनुसार काठमाडौंको तापक्रम यो वर्षकै कम अर्थात ४.५ डिग्री सेल्सियस मापन भएको जनाएको छ ।

यसअघि बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यस्तै आज बिहान सबैभन्दा कम जुम्लामा माइनस २.८ डिग्री सेल्सियस तापक्रम यस्तै डडेल्धुराको ४.३, ताप्लेजुङको ५.६ र दिपायलको ५.५ तापक्रम मापन हुँदै गर्दा सबैभन्दा बढी तापक्रम विराटनगरमा १० डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

यसैवीच पछिल्लो समय देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै महाशाखाले आगामी तीन मौसम सामान्य रहे पनि ब्दो चिसोका वीच आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।