सोमवार, जेष्ठ ७, २०८१

६ गतेदेखी मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै

 भक्तपुर पुस ५,
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ६ गतेदेखी शुरु हुने भएको छ । सानोथिमिस्थित मध्यपुर खेल मैदानलगायत विभिन्न ४ स्थानमा सञ्चालन हुने प्रतियोगितामा ३८ विद्यालयका १ हजार ३ सय भन्दा बढी छात्रछात्राको सहभागिता रहने नगरपालिकाका सामाजिक विकास महाशाखा एवम् शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा एथलेटिक्सको दौडतर्फ छात्र र छात्राको १०० मिटर, २०० मिटर, ४०० मिटर, १०० गुणा ४ रिले, ४०० गुणा ४ रिले, १ हजार ५ सय मिटर, ३ हजार मिटर, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभ्लिन थ्रो, सटफुटमा प्रतिष्पर्धा हुने खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिनुभयो ।

यसैगरी भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा, मार्सलआर्टस्तर्फ छात्र र छात्राको उसु, करातें र तेक्वान्दोमा प्रतिष्पर्धा हुने प्रतियोगिताको भलिबल बोडे मावि बोडे, कबड्डी आदर्श मावि सानोथिमि, एथलेटिक्स मध्यपुर खेल मैदान र मार्सल आर्टस आदर्श मावि लाय्कु थिमिमा सञ्चालन हुने बताइएकोछ । छ ।