मङ्लबार, जेष्ठ १, २०८१

मन्त्रिपरिषद बैठक: सरकारले तोक्यो उखुको समर्थन मूल्य

काठमाडौं पुस ४,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ सभाकक्षमा आज बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकारले अनुदानसहित प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ उखुको समर्थन मूल्य तोकेको छ ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले उद्योगले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ दिनु पर्ने गरी उखुको मूल्य तोक्ने निर्णय भएको जानकारी दिइन् । त्यस्तै उहाँले यसमा सरकारले अनुदान स्वरुप उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ दिने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै आजको बैठकमा सरकारको कामलाई गति दिने विषयमासमेत छलफल भएको जानकारी दिदै प्रवक्ता शर्माले आजको बैठकमा यो एउटा निर्णय गरियो । र बैठकमा सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा छलफल भए पनि अन्य निर्णय नगरिएको जानकारीदिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930