सोमवार, जेष्ठ ७, २०८१

चारसाता पछि काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी वितरण हुने

 काठमाडौं पुस ४,
मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकी अहम्मद अन्सारी र निर्माण कम्पनी सिनोहाइड्रोका प्रतिनिधिले हस्ताक्षरगरेसंगै अबको चार साता पछि काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी वितरण गर्ने योजनाले सार्थकता पाउँने विस्वास गरिएको छ।

यसअघि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मङ्गलबार राती अबेरसम्म बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकको निर्णय अनुसार समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिदै मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने बताउनुभयो ।

गत साउन २८ र साउन २९ आएके बाढीले मेलम्चीको हेडवर्क्समा क्षति पुर्‍याएसंगै मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो ।