सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीश नियुक्त

 काठमाडौं पुस ४,

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम सर्वसम्मतिले अनुमोदन गरेसंगै राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा [२] बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिबाट नियुक्ति पाएसँगै अब शपथ ग्रहण गरेर उनीहरूले सर्वोच्चको न्यायाधीशका रूपमा कामकाज सुरू गर्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।