सोमवार, जेष्ठ ७, २०८१

पाँचलाख घुस रकमसहित वडाध्यक्ष कार्की पक्राउ

काठमाडौं पुस ३,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा न ३ का वडाध्यक्ष तारा कार्कीलाइ घुस रकम पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेका छन् ।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका र वडाध्यक्ष कार्कीले भनेवमोजिम उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित जितपुरस्थित जैसवाल होटेलबाट घुस लिँदै गर्दाको अवस्थामा वडाध्यक्ष कार्कीलाइ अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।