सोमवार, जेष्ठ ७, २०८१

स्वयम्भू शान्तिपोखरी क्षेत्रमा पहिलो अपाङ्गमैत्री पूर्वाधार निर्माण हुँदै

काठमाडौं पुस २,
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले असक्त तथा अपाङ्ग पर्यटक एवम दर्शनार्थी लक्षित हुँदै शान्ति पोखरी आसपासका क्षेत्रमा हिव्ल चियर सहितको अपाङ्गमैत्री पूर्वाधारको निर्माण शुरु गरेको छ।

मुलुकको महत्वपूर्ण सम्पदा स्वयम्भू क्षेत्रको अवलोकनका लागि आउँने असक्त बाह्य तथा आन्तरिक पर्यटकको समस्यालाइ दृष्टिगत गर्दै समितिले प्रारम्भिक चरण अन्र्तगत आनन्दकुटी मार्गको प्रवेशद्वार देखि शान्ति पोखरी र शौचालय सम्मको क्षेत्रमा अपाङ्गमैत्री पूर्वाधार सहितको संरचना निर्माण हुँदै गरेको समितिका इन्जिनियर राजेश सुवालले जानकारी दिनुभयो ।

[शान्तिपोखरी आफ्नो भाग्य परीक्षणसंगै रमाइलोका लागि सिक्का चढाउँदै पर्यटक } 

त्यस्तै उहाँले दोस्रो चरणमा स्वयम्भू स्तुपा जानका लागि समेत अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्ने कार्ययोजना रहेको जानकारी दिदै बहुसंख्यक पर्यटकको सुझावको आधारमा विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूक्षेत्रमा पूरात्व विभागको स्वीकृतिमा मौलिता सहितको पहिलो अपाङ्गमैत्री पूर्वाधारको निर्माणसंगै सहजै असक्त बाह्य तथा आन्तरिक पर्यटकले हिव्ल चियरमार्फत शान्ति पोखरी आसपासको क्षेत्रमा आवतजावत गर्न सकिने जानकारी दिनुभयो । त्यस्तैसंरक्षण महासमितिले मञ्जुश्री जाने सिढींको समेत जिर्णोद्वार कार्य समेत शुरु गरेको इन्जिनियर सुवालले जानकारी दिनुभयो ।

यसैवीच यस क्षेत्रको रोचक पक्ष भनेको स्वयम्भू अवलोकनका लागि आउँने आन्तरिक तथा बाह्य पर्यटकले शान्ति पोखरीस्थित बुद्ध भगवानमा आफ्नो भाग्य परीक्षणसंगै रमाइलोका लागि चढाउँने सिक्कामात्र  मासिक साढे दुइलाखको हाराहारीमा संकलन हुने बुझिएको छ । महिनाको प्रत्येक १५-१५ दिनमा संकलन गरिने र एक पटकमा डेढ / दुइलाखको हाराहारीमा मुद्रा संकलन हुने जनाउसंगै यसरी संकलन हुने मुद्रा वार्षिक अठ्ठाइस देखि उनन्तिस लाख जम्मा हुने गरेको थाहा भएको छ ।