सोमवार, जेष्ठ ७, २०८१

भूकम्प प्रभावित जिल्लामा महासंघले स्थगलगत टोली पठायो

काठमाडौं पुस २,
नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा स्थलगत टोली पठाएको छ । महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल रहेको टोली भूकम्प प्रभावित जिल्ला पठाइएको हो ।

महासंघले भूकम्प प्रभावित संचारकर्मी र संचारमाध्यमलाई आर्थिक राहत वितरणसंगै भूकम्प प्रभावित जिल्लाका संचारकर्मी र संचार माध्यमहरुको पछिल्लो अवस्थाका वारेमा स्थानीय संचारकर्मीहरुसंग छलफल गर्नेछ ।

यसबाट सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको छ ।

टोलीले भुकम्प प्रभावित जनताको अवस्थाका बारेमा समेत स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्नेछ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू भएर मिति २०८० कात्तिक १७ गते राति गएको भूकम्पले रुकुम, जाजरकोट र सल्यानका संचारकर्मी र संचारमाध्यम प्रभावित भएको परम्भिक रिपोट यसअघि सार्वजनिक भइसकेको छ । टोली पुस ३ गते मंगलबार जाजरकोट प्रस्थान गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930