सोमवार, जेष्ठ ७, २०८१

संस्कृतिको संरक्षण र सम्वद्र्वन गर्नु हामी सबैको दायित्व मात्र होईन,अधिकार पनि हो : प्रधानमन्त्री

ललितपुर मंसिर ३०,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। हाम्रा समृद्धशाली मूर्त र अमूर्त साँस्कृतिक धरोहर सम्पदाहरू राष्ट्रिय एकता सबलीकरण गर्ने बिशिष्ट माध्यमका रूपमा परिचित छन्। । यी साँस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका बताउभयो ।

त्यस्तै सम्बोधनको क्रममा प्रधानमन्त्रीले आफ्नो संस्कृतिको संरक्षण र सम्वद्र्वन गर्नु हामी सबैको दायित्व मात्र होईन, अधिकार पनि भएको बताउनुभयो । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको ब्यवस्था गरेको स्पष्ट पार्नुभयो ।

सम्बोधनकै क्रममा उहाँले ‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरेकने संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको बताउदै त्यस्ता तत्वहरूविरूद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक रहेको बताउनुभयो । साथै उहाँले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामथ्र्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ बर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना समेत गर्नुभयो ।