सोमवार, जेष्ठ ७, २०८१

असई थमन विकको हत्या प्रकरण: अदालतको विभेदपूर्ण फैसला विरुद्ध लोसपा आन्दोलित

   राजनीतिक पूर्वाग्रहको आधारमा सम्मानित अदालतबाट जन्मकैदसम्मको फैसला आउनु दुःखद:लोसपा अध्यक्ष ठाकुर

काठमाडौं मंसिर ३०,
मधेश आन्दोलनको क्रममा मारिएका शसस्त्र प्रहरी असई थमन विकको हत्या अभियोगमा लोसपाका महासचिव तथा पुर्व राज्यमन्त्री एवं संसदीय दलका नेता अभिराम शर्मासहितका ७ जनालाई अदालतले दिएको जन्मकैदको फैसलाप्रति लोसपाले विमति प्रकट गर्दै विरोध प्रदर्शन गरेका छन ।  २०७२ सालको सजाय मधेशीको विरुद्ध अदालतको विभेदपुर्ण फैसला सुनाएको भन्दै जलेश्वरमा विरोध प्रदर्शन गर्दै अदालतको फैसला उल्ट्याउन माग गर्दै लोसपाले विरोध प्रदर्शन गरेको हो ।

 सशस्त्र प्रहरीका असइ थमन विकलाइ एम्बुलेन्सबाट थुतेर हत्या गरिएको मुद्दामा जिल्ला अदालत महोत्तरीले लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको फैसला र सोही मुद्दामा फरार रहेका एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरी र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले भने सफाइ दिएपछि लोसपा आन्दोलित बनेको हो ।

आन्दोलित लोसपाले आज जलेश्वरमा आयोजित विरोध प्रदर्शन र कोणसभालाइ सम्बोधन गर्दै कोणसभामा बोल्दै लोसपाका केन्द्रीय उपाध्यक्ष रानी शर्मा तिवारीले लगायतले अदालतको फैसला विभेदपूर्ण रहेको भन्दै जारी आदेश नसच्याइए मधेशमा ठुलो आन्दोलन हुने र त्यसको क्षति सरकारले नै ब्यहोर्नु पर्ने चेतावनी दिइन ।

स्मरण रहोस, मधेश आन्दोलनका क्रममा २५ भाद्र ०७२ मा आन्दोलनकारीको कुटपिटबाट घाइते भएकाअसइ थमनलाई एम्बुलेन्सबाट अस्पताल लैजाँदै गर्दा थुतेर निर्मम रुपमा हत्या गर्दै एम्बुलेन्समा समेत आगो लगाइएको थियो । त्यसपछि थमनकी पत्नी शोभा गहतराजका तर्फबाट थमनका दाजु प्रेम विकको जाहेरीको आधारमा एमालेका निलम्बित सांसद कोइरीसहित २८ जनाविरुद्ध २७ फागुन ०७२ मा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।

 त्यस्तै अदालतको फैसलापछि लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार जारी गरेको विज्ञप्त्मिा महोत्तरी जिल्ला अदालतको उक्त फैसलाप्रति हाम्रो गम्भीर असहमति रहेको उल्लेख गर्दै विज्ञप्तिमा ‘राजनीतिक अधिकार प्राप्तिको संघर्षमा लाखौँ जनता सडकमा आएको सन्दर्भमा कसैको मृत्यु हुनु एउटा दुःखद घटना हो नै, तर तथ्य एवं वास्तविकताभन्दा बाहिर गएर फरक ढंगले निर्दोष व्यक्तिहरूलाई समेत राजनीतिक पूर्वाग्रहको आधारमा फसाइएकोमा सम्मानित अदालतबाट जन्मकैदसम्मको फैसला आउनुले हामी स्तब्ध तथा मर्माहत भएको उल्लेख गरिएको छ।