आइतवार, जेष्ठ ६, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँणको निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं मंसिर २८,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ ।

उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा हुन लागेको सुनुवाइ हुन लागेको हो । गत मंसिर १५ गतेको उच्च अदालतले प्रस्तुत प्रकरणमा गरेको फैसलाको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस गर्ने निर्णय बमोजिम आज एकल इजलासमा सुनुवाइ हुँन लागेको हो ।

उच्च अदालत सम्वद्ध स्रोतका अनुसार आज हुने सुनुवाइको क्रममा यसअघि राय बाझिएको प्रसंगमा दुईमध्ये जुन न्यायाधीशको रायलाइ समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुने जनाएको छ ।

स्मरण रहोस १५ मंसिरमा उच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।