सोमवार, जेष्ठ ७, २०८१

विवाह पञ्चमी महोत्सव: आज तेस्रो दिन धनुषलिला मनाइँदै

काठमाडौं मंसिर २८,
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्र्तगत आज तेस्रो दिन धनुषलिला मनाइँदै छ । त्रेता युगमा जनकपुरधाममा भगवान् राम र सीताबिच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा मनायने विवाह पञ्चमीमा आज धनुष लिला मनाउँन लागेको हो ।

विवाह पञ्चमीको पहिलो दिन जानकी नगर दर्शनसंगै विधिवत् रूपमा प्रारम्भ भएको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्र्तगत बुधबार विवाह मण्डपमा सिताले फूलवारी लिला फूलबारी लीलाको आयोजना गरिएको थियो । त्यस्ते आज जानकी मन्दिरको प्रांगणमा बनाइएको जनक सभामा भगवान रामले प्रतिकात्मक धनुष तोड्ने छन् ।

यस्तै जानकी मन्दिरका महन्थ रामरोशन दासले शुक्रबार चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर विधि र छैटौँ दिन अर्थात् पुस १ मा सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिने बताए ।