सोमवार, जेष्ठ ७, २०८१

महानगरले सूर्तीजन्य पदार्थ नियमनका लागि सादा पोशाकका प्रहरी समेत परिचालन गर्दै

काठमाडौँ मंसिर २७,
काठमाडौँ महानगरले मंसिर २८ गतेबाट सूर्तीजन्य पदार्थको भण्डारण, विक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ । यसका लागि मंसिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । यस विषयमा जानकारी गराउन आज महानगरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले ‘प्लाष्टिकमा प्याकिङ् गरिएका मात्र निषेध गर्ने नभइ सूर्तीजन्य बस्तु प्लाष्टिकले बेरेको भए पनि वा कागजले बेरेको भए पनि त्यसको प्रयोग गर्न नपाइने जनाउ संगै कच्चा सूर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सूर्तीजन्य पदार्थको प्रयोग, विक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको बताउनुभयो ।

त्यस्तै प्रवक्ता मानन्धरले यस्ता बस्तुको प्रयोगले जनस्वास्थ्य, वातावरण र सहरी सुन्दरतामा पु¥याएको खराब असर रोक्न भोलिबाट अनुगमन थालिनेछ । अनुगमनका लागि १० जनाको समूहमा नगर प्रहरीका ५ वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिने जनाउ दिदै ‘अनुगमनको क्रमर्मा ा पसलमा सूर्तीजन्य बस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारवाही हुने बताउनुभयो ।

‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन २०६८ मा सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने, खुल्ला बेच्न नपाइने, उमेर नपुगेका बालबालिकालाई बेच्न नपाइनेलगायत व्यवस्था छन् ।’ सार्वजनिक स्थलमा धूम्रपान गरे त्यस स्थानबाट निकाल्ने, १ सय रुपैयाँसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको १ सय मिटर वरपर विक्री वितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्ने सम्मको कारवाही गर्न सकिने व्यवस्था ऐनमा रहेको बताउँदै उहाँले सूर्तीजन्य बस्तुको भण्डारण, बेचबिखन, प्रयोग सम्बन्धी जानकारी पाउने नागरिकले महानगर प्रहरी बलको हटलाइन १८१०५००००६० वा टेलिफोन नम्बरहरु ०१ ५९०१७६३ र ०१ ५९०१७६४ मा खवर गरे तत्काल प्रहरी बल परिचालन हुने व्यवस्था मिलाइएको समेत जानकारी दिनुभयो ।

 साथै उहाँले उक्त ऐनमा सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था समेत रहेको बताउँद ऐनको दफा ४ मा सार्वजनिक स्थललाई परिभाषित गर्दै, शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरुलगायत ठाउँउल्लेख भएको बताउनुभयो ।