सोमवार, जेष्ठ ७, २०८१

आज काठमाडौं उपत्यकामा यो वर्षकै न्यूनतम तापक्रम मापन, बढ्दो चिसोबाट बच्न आग्रह

काठमाडौं मंसिर २७,
जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा आज यो वर्षकै न्यूनतम तापक्रम मापन भएको जनाएको छ । विभागले बिहान ५ः४५ बजे काठमाडौंमा ५।८ डिग्री सेल्सियस तापक्रम मापन भएसंगै आज काठमाडौं उपत्यकामा यो वर्षकै न्यूनतम तापक्रम मापन भएको जनाउ दिएको हो ।

त्यस्तै मौसम पूर्वानुमान शाखाका आज देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावनासंगै तराईमा हुस्सु र कुहिरो र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने जनाउसंगै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएकोछ ।

त्यस्तै कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकाध स्थानमा हल्का वर्षाको समेत सम्भावना रहनुको अलावा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकाध स्थानमा हल्का हिमपातको समेत सम्भावना औल्याएको छ ।

साथै यसवीचमा हुन सक्ने वर्षा, हिमपात पछि बढ्ने चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930