आइतवार, जेष्ठ ६, २०८१

आजदेखि विवाहपञ्चमी महोत्सव सुरु, पहिलो दिन नगर दर्शन कार्यक्रम हुँदै

 काठमाडौं मंसिर २६,

मर्यादा पुरुषोतम राम भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा आज जनकपुरधाममा आजदेखि विवाहपञ्चमी महोत्सव सुरु भएको छ ।

सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्र्तगत आज पहिलो दिन नगर दर्शन ,दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन अर्थात मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर अर्थात विवाहपञ्चमीको कार्यक्रम र पुस २ गते अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन गरिने भएको छ ।

साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । रामजानकी विवाह महोत्सवमा पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

सात दिनसम्म चल्ने महोत्सवको पहिलो दिन विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण विशेष आकर्षणको रुपमा रहेने भएको छ । विवाह पञ्चमीमा नेपाल र भारतका लाखौं दर्शनार्थी आउने अपेक्षा गरिएको छ । विवाह पञ्चमीको अन्तिम दिन रामकलेवा गरेर औपचारिक रुपमा विवाह पञ्चमी महोत्सव सम्पन्न हुन्छ।