सोमवार, बैशाख ३१, २०८१

संघीय संसदका महासचिव डा गौतमको राजीनामासंगै महासचिवमा पाण्डेयको नाम सिफारिस

काठमाडौं मंसिर २५,
संघीय संसदका महासचिव डा भरतराज गौतमले आफ्नो कार्यकाल बाँकी छदैं पदबाट राजीनामा दिएका छन् ।

२०७७ वैशाखमा संसदको महासचिव पदमा नियुक्त भएका महासचिव गौतमले राजीनामा दिनुको कारण भने खुलाएका छैनन । गौतमले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

गौतमले राजीनामा दिएसँगै संसद सचिवालयको नयाँ महासचिवमा नाम सिफारिस समेत गरेका छन । प्राप्त जानकारी अनुसार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आज बिहान राष्ट्रपति पौडेललाई भेटेर महासचिवमा प्रतिनिधिसभाको सचिवको जिम्मेवारीमा रहेका पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरेका हुन् ।

स्मरण रहोस,  आज भन्दा ठिक एक वर्ष अघि तत्कालीन सर्वोच्च अदालतले निलम्बित प्रन्या चोलेन्द्र शम्शेर जबराको महाभियोगको प्रस्ताव निष्प्रभावी पत्र प्रकरण विरुद्धको रिट निवेदनको सुनवाइ गर्दै संघीय संसद्का महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

यसअघि सङ्घीय संसद्का महासचिव गौतमले प्रधानन्यायाधीश जबरा, सर्वोच्च अदालतलगायत निकायमा महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएसंगै महासचिव गौतम विवादमा पर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930