माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने धर्मेन्द्र शाही पक्राउ

दुई किलो अवैध सुनसहित ३ जना पक्राउ

काठमाडौं मंसिर २२,

वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ७ लाख ५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका ५ घर भई काठमाडौं महानगरपालिका वडान १५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख १० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाइ थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहीले जनाएको छ ।

यसैवीच चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट सुन जस्तो देखिने पहेलो धातु २ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । भन्सार छली सुन ल्याउन लागेको भन्ने सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयले रसुवा गोसाइकुण्ड गाउँपालिका ५ घर भएका २६ बिरू तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङलाइ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१(०२८ च २६९७ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गियरबक्स नजिक बिस्कुट आकारमा २ थानमा रहेको उक्त धातु संगै ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31