सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय सभा निर्वाचन : पुस २३ मा उम्‍मेदवारी दर्ता

समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति उम्मेदवार हुन नपाउने

काठमाडौं मंसिर १७,

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ताको पुस २३ गते बिहान १० बजेदेखि ३ बजेसम्‍मको मिति तोकिएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनको उम्‍मेदवारी दर्ताको मिति तोकिएको जानकारी दिएको हो ।त्यस्ते पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र उजुरीमाथि जाँचबुझ गरी पुस २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन पुस २७ गते दिउँसो २ बजेसम्मको समय छुट्याइएको र सोही दिन २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी गरी पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्‍न प्रदान गरिने आयोगको विज्ञप्तिमा उल्लेख छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतदान सकिएलगत्तै मतगणना गरिने पनि आयोगले जनाएको छ ।

यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने आयोगले स्पष्ट पारेको छ ।