सोमवार, जेष्ठ ७, २०८१

एमालेले मङ्सिर १४ देखि १५ दिने मेची-महाकाली अभियान सञ्चालन गर्ने

काठमाडौं मंसिर ७,
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मङ्सिर १४ देखि १५ दिने मेची महाकाली अभियान सञ्चालन गर्ने भएको छ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गकेन्द्रीत अभियान एमालेले सञ्चालन गर्न लागेको हो ।

  केन्द्रीय समितिको छैटौं बैठकले तय गरेको मेची-महाकाली अभियानको क्रममा एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गमा कार्यकर्तासंगको भेटवार्तासंगै सुझाव संकलन गर्ने कार्यतालिका समेत तय गरेको छ ।

यसअघि २०७३ फागुनमा १५ दिने मेची महाकाली -अभियान सञ्चालन गरिसकेका नेकपा एमालेले यसपटक प्रस्तुत अभियानमार्फत विकास निर्माणका आवश्यकता र चुनौती पहिल्याउने तथा आर्थिक र सांस्कृतिक पक्षहरूलाई उजागर गर्ने अभिष्ट रहेको जनाएको छ।