सोमवार, जेष्ठ ७, २०८१

ललितपुर जिल्लाका विभिन्न स्थानमा पनि ६ महिनासम्मका लागि निषेधाज्ञा जारी

काठमाडौं मंसिर ५,
जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । ललितपुर प्रशासनले सुरक्षा संवेदनशिलताको लगि भन्दै आज एक आदेश जारी गर्दै ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवास आससपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा आजैदेखि ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख गरिएको छ।

स्मरण रहोस काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि सोमवारदेखि लागु हुनेगरि माइतीघर वानेश्वर सडक खण्डमा एक महिने निषेधाज्ञा जारी गरेको छ ।