आइतवार, जेष्ठ ६, २०८१

लोकतन्त्रको अर्थ अराजकता होइन, सुव्यवस्था र जिम्मेवारीबोध हो: प्रधानमन्त्री प्रचण्ड

दमौली मंसिर १,
प्रधानमन्त्री प्रचण्डले आज तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई निस्तेज पारिने बताउनुभएको छ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा लोकतन्त्रको अर्थ अराजकता होइन, स्वतन्त्रता हो, सुव्यवस्था र जिम्मेवारीबोध हो भन्दै हिजोका सामन्ती तत्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने सपना देखेकाले त्यस्ता षड्यन्त्र चिर्न लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने बताउँदै पछिल्लो समय सामन्ती तथा निरंकुश शक्ति सङ्घीयताका विरूद्ध, गणतन्त्रका विरूद्ध, समावेशी–समानुपातिक प्रणालीका विरूद्ध जनतामा अफवाह फैलाउन खोजिरहेको बताउनुभयो ।

साथै उहँँले प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लोतहसम्म नपुग्दै सङ्घीयता असफल भयो भन्न हुन्न भन्दै आफु सङ्घीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील रहेको समेत बताउनुभयो ।  त्यस्तै प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले तीनवटै ऐन कार्यान्वयनमा आउने बताउनुभयो ।

 कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्ले, २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी ,गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलगायतले वोल्नुभएको थियो ।