सोमवार, जेष्ठ ७, २०८१

विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने  मन्त्रिपरिषद्को  निर्णय

काठमाडौं कात्तिक २४
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णयसंगै प्रधानमन्त्री लगायत मन्त्रीपरिषद्का सदस्यहरुले जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पबाट प्रभावितहरुको सहयोगार्थ एक महिनाको पारिश्रमीक प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा गर्ने गरेको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले बैठकमार्फत सरकारले एसियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिब १३ अर्ब २६ करोड रुपियाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसंगै संयुक्त राष्ट्रको खाद्य तथा कृषि सङ्गठनको आयोजनमा मिति २०८० मङ्सिर २० देखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने कन्सटाइजिन एक्सन्स टु वाट्स एग्रिफुट्स सिस्टम ट्रान्सफरमेसन कार्यक्रममा राष्ट्रिय योजना आयोगका मान्य सदस्य डा। चन्द्रकान्त राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।

साथै विराटनगर, मुलपानी र भरतपुरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्नेगरी प्रक्रिया अघि बढाउने र मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णयसंगै सशस्त्र प्रहरी बल नेपाल मातहतका विभिन्न कार्यलयका लागि तराईमा ६ बिघा ८ कठ्ठा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय,भरतपुर महानगरपालिका र जनवादी गणतन्त्र चीनको सुशासित क्षेत्र तिब्बतको सिगात्सी शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न भरतपुर महानगरपालिकालाई स्वीकृति प्रदान गर्ने लगायतका १८ बुँदे निर्णय भएको जानकारी दिनुभयो । ।

 यस्तो छ मन्त्रिपरिषद् बैठकका निर्णय :