आइतवार, जेष्ठ ६, २०८१

रोल्पा क्रान्तिको आधार इलाका हो : प्रधानमन्त्री प्रचण्ड

 काठमाडौं कात्तिक २४,

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा रोल्पा जिल्लाले गरेको योगदानलाई इतिहासले बिर्सिन नसक्ने बताउनुभएको छ।

शुक्रबार दिउँसो रोल्पाको सदरमुकाम लिवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनवादी क्रान्तिमा रोल्पा जिल्लाले खेलेको भूमिका अग्रणी रहेको बताउनुभएको हो।

त्यस्तै उहाँले रोल्पा क्रान्तिको आधार इलाका हो, परिवर्तनको महत्त्वपूर्ण आधार हो। इतिहास, त्याग र बलिदानको प्रतीक हो। शान्ति र निर्माणको पनि प्रतीक हो। नेपालको क्रान्तिकारी आन्दोलन र गणतन्त्रको स्थापनामा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। यो योगदानलाई इतिहासले बिर्सिन सक्दैन।
गणतन्त्रपछि रोल्पाको विकास गुणात्मक छ। सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, बिजुली लगायतका क्षेत्रमा राम्रो प्रगति भएको छ। तर यो पर्याप्त छैनू प्रधानमन्त्रीले भन्नुभयो, मेरो नेतृत्वमा गठन भएको वर्तमान सरकार सुशासन, विकास र सुशासनको लक्ष्यसहित अगाडि बढेको  बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, सचिव हितमान शाक्य लगायतका नेताहरूले सरकारको भ्रष्टाचारविरोधी अभियानमा पार्टी पूर्ण साथ रहेको र यो अभियान अझै उचाइका साथ अगाडि बढ्ने बताउनुभयो।

त्यस्तै प्रम प्रचण्डले यसअघि लिवाङमा निर्मित ५० शय्याको अस्पताल भवनको उद्घाटनगर्दै रोल्पामा ब आज ५० शय्याको अस्पतालको उद्घाटन भएको छ। सेवा बिस्तारपछि अस्पतालले थप सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको बताउँदै अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गर्ने बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रले सञ्चालन गरेको ूजनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा अध्यक्षले सातवटै प्रदेशका एक एक वटा वडाको जिम्मेवारी लिने निर्णयअनुसार उहाँले थवाङ गाउँपालिकाको इञ्चार्जसीपको भूमिका निर्वाह गर्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले थवाङ गाउँपालिकाको बैठकको इञ्चार्जको रूपमा निर्णय पुस्तिकामा हस्ताक्षर गर्दै बैठकलाइ सम्बोधन समेत गर्नुभएको छ।