सोमवार, जेष्ठ ७, २०८१

आन्दोलनको चेतावनी सहित प्रधानमन्त्रीलाई मधेस प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण

काठमाडौं कात्तिक २३,
मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राखेर प्रधानमन्त्री प्रचण्डलाइ आज ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले प्रधानमन्त्रीलाई ३० दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

यस्तो छ ६ बुँदे ध्यानाकर्षणपत्रको पूर्णपाठ :  

ध्यानाकर्षण पत्रमा मुलत संघीयता कार्यान्यवयनमा आएको ८ वर्ष बित्दा पनि प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएककाले ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी सहित प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामती सेवा ऐन र सार्वजनिक तथा गुठी जग्गाको सम्बन्धमा,अर्थसम्बन्धी समस्या सम्बन्धमा र अभियोजन लगायतका विषय उठान गरिएको छ।

 त्यस्तै ज्ञापनपत्र बुझ्नै प्रधानमन्त्री प्चण्डले मधेश प्रदेशले राखेका माग एक महिनाभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।