शुक्रबार, बैशाख २१, २०८१

कान्तिपुर विरुद्ध जारी आन्दोलन न्याय प्रप्ति नहुँदासम्म जारी रहन्छ :अध्यक्ष पोखरेल

  कान्तिपुर मिडिया ग्रुपले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार बारेमा प्रेस काउन्सिलमा उजुरी दर्ता

काठमाडौ कार्तिक् २२,
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन उल्लंगन गरी पत्रकार निकालेका कारण महासंघ त्यसका विरुद्ध उत्रिएको बताउनुभएकोछ ।

महासंघमा बुधबार आयोजित आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे अध्यक्ष पोख्रेलले कान्तिपुरले हिजो विज्ञप्तिमा के लेख्यो त्यसको पुष्टि गर्ने कुरा उसैको भयो तर कान्तिपुरले कानुन मान्नुपर्छ कि पर्दैन रु अरुका विषयमा प्रश्न उठाउनेले आफ्नो संस्थामा देखिएका श्रम समस्या हल गर्नुपर्छ कि पर्दैन रु हाम्रो प्रश्न यही हो । श्रमजीवी पत्रकार ऐन महासंघले गरेको ठुलो लडाइ पछि आएको कानुन हो । त्यसको कार्यान्वयन गर्नु सरोकारवालाहरुको दायित्व हुन्छ, त्यो कार्यान्वयन गर्न पटकपटक मौखिक लिखित रुपमा भन्दा सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उहाँको भनाइ रहेको छ ।

त्यस्तै अध्यक्ष पोख्रेलले कान्तिपुर विरुद्ध जारी आन्दोलन श्रम अधिकार, न्यायका र सत्यको भएको भन्दै न्याय प्रप्ति नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो ।

त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्काशन गरेपछि महासंघको केन्द्रीय समितिको निर्णय अनुसार पटकपटक त्यसो नगर्न, कानुनको पालना गर्न आग्रह गर्दा नमानेका कारण श्रमजीवी पत्रकारको सेवासुविधा सहित अधिकार प्रप्तिका लागि आन्दोलन गर्न बाध्य भएको बताउँदै  ‘संविधानप्रदत अधिकार अनुरुप शान्तिपूर्ण आन्दोलनमार्फत आफ्ना माग राखदैगर्दा अत्यन्तै आपत्तिजन ढंगले कान्तिपुर मिडिया ग्रुपले महासंघलाई लगाएको आरोप पुष्टि गर्न समेत चुनौती दिनुभयो ।

श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी , समाजबादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी लगायतले महासंघको जारी आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्नुभयो ।

यसैवीच कान्तिपुर मिडिया ग्रुपले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार बारेमा प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी सहित महासंघका अन्य पदाधिकारीको टोलीले प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीए अधिकृत झबिन्द्र भुसाललाई भेटेर उजुरी पत्र हस्तान्तरण गरेको हो ।

प्रमुख प्रशासकीए अधिकृत भुसालले महासंघले नै पत्रकार आचारसंहिता उल्लङघन भएको भन्दै उजुरी दिनु गम्भीर विषय भएको भन्दै आजैदेखि छानबिन थाल्ने बताउनुभयो ।

प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम सहयोग गरेका छन् ।

सहयोग रकम आज बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटी हस्तान्तरण गर्नुभएको प्रको सचिवालयले जनाएको छ।

सहयोग गर्ने संघसंस्थामा क्रमश नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरि गोरखा ब्रअरी प्रा।लि। ले पनि राहत कोषमा १ करोड सहयोग गरेको सचिवालयले जनाएको छ ।