सोमवार, जेष्ठ ७, २०८१

प्रधानमन्त्री राहत कोषमा विभिन्न संघसंस्थाहरुबाट ४ करोड बढी सहयोग

प्रधानमन्त्री राहत कोषमा पर्यटन मन्त्रालय अन्तर्गतका विभिन्न संघसंस्थाहरुबाट ४ करोड बढी सहयोग
काठमाडौ कार्तिक् २२,
प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम सहयोग गरेका छन् ।

सहयोग रकम आज बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटी हस्तान्तरण गर्नुभएको प्रको सचिवालयले जनाएको छ।

सहयोग गर्ने संघसंस्थामा क्रमश नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरि गोरखा ब्रअरी प्रा।लि। ले पनि राहत कोषमा १ करोड सहयोग गरेको सचिवालयले जनाएको छ ।