सोमवार, जेष्ठ ७, २०८१

कांग्रेसको महासमिति बैठक फेरि पुस १६ का लागि सर्‍यो

काठमाडौं कार्तिक २१,
आसन् चाडपर्वको कारण नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । यसअघि तयारी नपुगेको जनाउ सहित मंसिरको १३९१५ का लागि पनर्धारित बैठक मंसिरको २९ देखि पुसको २ सम्म आयोजना गर्ने तयारी गरेको थियो ।

तर आज कांग्रेस नेता मीनबहादुर विश्वकर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलनमार्फत काँग्रेसको प्रस्तावित महासमिति बैठक बैठक राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पुसको १६ गतेबाट १९ गतेसम्म सम्पन्न   हुने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमखि समेत रहेको नेता विश्वकर्माले‘ पहिला हामीले महासमितिको बैठक मंसिरको १३ देखि १५ गते भन्यौं । विभिन्न कारणले केही दिन धकेलिएको जनाउ सहित पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीमा सम्पन्न   हुने बताउनुभयो ।