सोमवार, जेष्ठ ७, २०८१

ट्राफिक चेकजाँचको क्रममा नागरिक एपमार्फत देखाएको लाइन्सेसले मान्यता पाउने

काठमाडौं कार्तिक १३,
नागरिक एपले सोमबार एक सूचना जारी गर्दै नागरिक एपमार्फत देखाएको लाइसेन्सले देशव्यापी रुपमा मान्यता दिने व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ।  नागरिक एपले जारी गरेको सूचना अनुसार ट्राफिक प्रहरीले लाइसेन्स चेकजाँच गर्दा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्र [लाइसेन्स] ले मान्यता पाउने जनाउँदै एपमा लिंक नभएकाहरुलाई आजै लिंग गर्न आग्रह गरेको छ ।

एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्र [लाइसेन्स] ले मान्यता पाएसंगै कारणबस लाइसेन्स कार्ड साथमा लिएर हिँड्न भुलेका तथा लाइसेन्स परीक्षा पास गरी लाइसेन्स कार्डको पर्खाइमा रहेका सेवाग्राहीले नागरिक एपमार्फत लाइसेन्स देखाएर लाभ लिन सक्ने जनाएको छ ।

साथै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउदा उक्त चालक लाईसेन्स प्राप्त गरेको व्यक्ति हो होईन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने भएपनि ट्राफिक नियम उल्लंघन र कारवाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने व्यहोरा समेत जारी सूचनामा उल्लेख गरिएको छ।

नागरिक एपले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौँ । यदि नागरिक एपमा तपाईंको सवारी चालक अनुमतिपत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस् ।’