सोमवार, जेष्ठ ७, २०८१

आज साँझ उपत्यकामा नेवार समुदायले तान्त्रिक विधि सहितको खड्गजात्रा मनाइदैं

काठमाडौं कार्तिक ७,
बडादसैंको अन्तिम दिन अर्थात विजयादशमीको साँझ उपत्यकामा नेवार समुदायले तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी खड्गजात्रा मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेका जिल्लाका शक्तिपीठबाट खड्गधारण गरी खड्गजात्रा अर्थात ‘पाया’ पर्व मुलत असत्यमाथि सत्यको जित भएको खुसियालीमा मनाइने पर्व हो ।

काठमाडौंमा भने कंकेश्वरी, टेःवहाल, वटु भद्रकाली, कोहीटी निलबाराही, र हनुमानढोका दरवारबाट तलेजु भवानीको खड्गजात्रा निकाल्ने परम्परा रहिआाएको पाइन्छ ।  जात्राको क्रममा नगरपरिक्रमा गरी सकिएपछि दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी भन्दै खुसियाली मनाउने गरिन्छ ।