सोमवार, जेष्ठ ७, २०८१

आज दशैंको छैटौँ दिन: देवी कात्यायनीको उपासना गरिदैँ

कात्यायनि महामाये महायोगिन्यधीश्वरि । नन्द गोपसुतं देविपतिं मे कुरु ते नमः ॥
ॐ ह्रीं कात्यायन्यै स्वाहा, ह्रीं श्रीं कात्यायन्यै स्वाहा ॥

काठमाडौं कार्तिक ३,
आज वडा दशैँको छैटौँ दिन नव दुर्गामध्येकी छैटौँ कात्यायनीदेवीको पूजा आराधना गरी मनाइदैं छ। दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा, आराधना गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

त्यस्तै आजको दिन देवी माता कात्यायनीको चरणमा आफ्नो सर्वस्व निवेदित गर्दै भक्ति र उपासना गर्दा मानिसले सहजताका साथ अर्थ, धर्म, काम, मोक्षजस्ता चारवटै फल प्राप्ति हुने धर्मशास्त्रमा उल्लेख रहेका छन ।

 आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने कालागि उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30