सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रसङ्घका महासचिव एन्टोनियो कात्तिक १२मा नेपालको औपचारिक भ्रमणमा आउँने

मानवअधिकार सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सरकारको सैद्धान्तिक स्वीकृति

 काठमाडौं कार्तिक २,
आज बसको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिवको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमणको कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।  यसअघि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ४ दिने भ्रमणका लागि नेपाल आउने तयारी चल्दै गर्दा उहाँको भ्रमण स्थगित भएको थियो ।

 सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आजको बैठकले विभिन्न् मन्त्रालयको प्रस्तावमा १५ बुँदे निर्णय र असोज २४ गते बसेको बैठकले १७ बुँदे निर्णय गरेको जानकारी दिनुभयो ।

प्रवक्ता शर्मा अनुसार आज बसेको बैठकले सरकारले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

त्यस्तै बैठकले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी यसैसाथ संलग्न ‘मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ बिट्विन दी गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ दी अरब रिपब्लिक अफ इजिप्ट अन को(अप्रेसन इन युथ एन्ड स्पोर्टस् अफेयर्स’ विषयक समझदारीपत्र स्वीकृत गरी सोहीबमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत दिनुको अलावा नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिट्विन गभर्मेन्ट अफ नेपाल एन्ड दी गभर्मेन्ट अफ द स्टेट अफ कतार अन को(अप्रेसन इन दी फिल्ड अफ प्रेस एन्ड इन्फरमेसन विषयक संलग्न समझदरीपत्र समेत स्वीकृत गर्दै समझदारीपत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको जानकारी दिइन् ।

साथै प्रवक्ता शर्माले यस्तै प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयाघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको जानकारी दिदै ‘गृहमन्त्रीज्यूको चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको केही दिन उहाँ उतै रहनुहुने जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30