सोमवार, जेष्ठ ७, २०८१

मिडिया सोसाइटीले महासंघविरुद्ध गरिएका अनेकौं कुतर्कको कुनै अर्थ छैन : महासंघ

कात्तिक ३ गतेदेखि ‘डिजिटल प्लेटफर्म’ मार्फत आन्दोलन जारी राख्ने र दसैं विदापश्चात अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाईसमेत जोड्दै आन्दोलनलाई थप सशक्त बनाइने

काठमाडौं कार्तिक २,
नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपबाट बलपूर्वक निष्कासन तथा गैरकानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि महासंघको अगुवाइमा भइरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोसन पुरीले आज एक विज्ञप्ति जारी गर्दै सोसाइटीले जारी गरेको विज्ञप्ति आम श्रमजीवी पत्रकारको कानुनी अधिकारको विरुद्धमात्र नभएर नेपाल पत्रकार महासंघमाथि प्रहार गर्ने उद्देश्यले प्रेरित रहेको निष्कर्ष सहित श्रमजीवी पत्रकार ऐन वर्खिलाप कान्तिपुरले कार्यरत ८२ जना पत्रकारलाई निष्कासन र सरुवा गरिएको साश्वत सत्यलाई बिर्सिएर महासंघविरुद्ध गरिएका अनेकौं कुतर्कको कुनै अर्थ नरहने स्पष्ट पारको छ ।

त्यस्तै विज्ञप्त्मिा सोसाइटीको नाममा आएको स्तरहीन विज्ञप्तिप्रति थप टिप्पणी गर्न आवश्यक नरहेको जनाउ सहित श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न महासंघले सोसाइटीको समेत ध्यानाकर्षण गराएको छ।

त्यस्तै महासंघविरुद्ध भएका मिथ्या प्रचारले कान्तिपुरभित्र सम्पादकीय स्वतन्त्रता गम्भीर संकटमा परेको ठहर सहित महासंघले कान्तिपुर मिडिया ग्रुपमा थालेको आन्दोलन स्वरुप परिवर्तन गरेको छ । कात्तिक ३ गतेदेखि ‘डिजिटल प्लेटफर्म’ मार्फत आन्दोलन जारी राख्ने र दसैं विदापश्चात आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाईसमेत जोड्दै थप सशक्त र परिणाममूखी बनाइने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30