सोमवार, जेष्ठ ७, २०८१

आजदेखि १८ हजार ५ सयसम्म नयाँ नोट साट्न पाइने

काठमाडौं असोज २९
नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरू गरेको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि नयाँ नोट सात्न पाउने यसअघि सार्वजनिक सूचना जारी गरेको हो ।

५, १०, २०, ५० र सय रूपैयाँका नयाँ नोट एक जनालाई १८ हजार ५ सयसम्म सटहीको व्यवस्था मिलाइएको र काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै उपत्यकाबाहिर भने राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकका शाखाबाट नोट साट्न सकिने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30