काठमाडौ असोज २९,
नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
निगम सञ्चालक समितिको आइतबारको बैठकले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ प्रतिलिटर मूल्य घटाएको हो।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।