सोमवार, जेष्ठ ७, २०८१

आजदेखि काठमाडौमा एनआरएनएको ११ औँ महाधिवेशन, नेतृत्वका लागि आकंक्षीको लर्को

काठमाडौं असोज ३० ,

  गैरआवासीय नेपाली संघ-एनआरएनएको ११ औँ महाधिवेशन आज  देखि काठमाडौँमा सुरु हुँदैछ । प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत् अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्दै आएको एनआरएनएमा यसपटक नेतृत्वका लागि  उम्मेदवारीको आकंक्षी हेर्ने हो भने निकै प्रतिस्पर्धा हुने देखिएको छ  ।

आजबाट शुभारम्भ हुने महाधिवेशनमार्फत एनआरएनएमा अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन गर्ने छन ।

 गैरनाफामुलक तथा गैर राजनीतिक संस्थाका रुपमा अस्तित्वमा आएँदै विदेशी लगानी स्वदेश भित्र्याएर देशलाइ समृद्ध बनाउने अभिष्ट वोकेको एनआरएनएको नेतृत्वमा आउन हुने हानाथापसंगै गुटगत प्रतिस्पर्धाले एनआरएनएनमा पछिल्लो समय संस्थाको शाखमा केहि विराम लागेको देखिन्छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार यसपटक नेतृत्वको लागि पाँच अध्यक्षका उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन । जसअनुसार महेश श्रेष्ठ , बद्री केसी, रविना थापा,राजेन्द्रकुमार शर्मा र विनय अधिकारी आआफै एजेन्दा सहित चुनावी मेदानमा रहेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30