काठमाडौं असोज २३,
राष्ट्रिय भूकम्प मापन केन्द्रले आज साँझ ५ बजे काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ।
भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार तीन रेक्टर स्केलको भूकम्प मापन भएको जानकारी दिदै पटक–पटक भूकम्प गइहरेकाले सचेत रहनुपर्ने बताउनुभयो ।