सोमवार, जेष्ठ ७, २०८१

एनआरएन महाधिवेशन : महिला सशक्तिकरणका लागि महिला उपाध्यक्षमा रोजिनाको उम्मेदवारी

काठमाडौं असोज १९ ,
आसन्न गैरआवासीय नेपालीको साझा संस्था एनआरएनको महाधिवेशनमा सामाजिक ब्यक्तित्व तथा व्यवसायी रोजिना प्रधान राईले महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन ।

एनआरएनको महाधिवेशन अक्टोबर १७–२० सम्म काठमाडौंमा सम्पन्न हुने महाधिवेशनमा लामो समयदेखि एनआरएनको अभियानमा आवद्ध रोजिनाले यसअघि यूकेमा उपाध्यक्ष रहंदा धेरै उल्लेखनीय काम गरेर आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेकी छिन । पछिल्लो समय व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी रोजिनाले पछिल्लो समय रोजीहिरा फाउण्डेशनमार्फत  परोपकारी कार्य गर्दै आइरहेकी छिन ।

 एनआरएनए अभियानमा उनले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरि आफ्नो कार्य कुशलता संसारभर देखाईसकेकी छन । एनआरएनए आइसिसि भोकेशनल एजुकेशन कमिटी यूरोपको चियर तथा एनआरएनए बेलायतकी पूर्वउपाध्यक्ष रहेकी समेत रोजिनाले २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि उनको चर्चा चुलिएको हो ।

 आफ्नो उम्मेदवारीको सवालमा  जारी प्रेस विज्ञप्तिमार्फत उनले आफ्नो उम्मेदवारीको विषयमा प्रष्टिकरण दिदै विशुद्ध समाजसेवाका लागि समर्पित हुँदै आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको बताइन । साथै महिला सशक्तिकरण ,  हकाअधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गरेकी छन ।

त्यस्तै संसारभर रहेका महिलाहरुको समस्या सम्बोधनकालागि एक लाख डलरको अक्षय कोष खडा गर्ने वाचा सहित युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने लगायत एजेन्डा अघि सारेकी छन ।

साथै व्यक्ति होइन विधि प्रधान हो भन्ने मुल अडानमा अडिग रोजिनाले सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरोको समयमा खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय माविमा इ लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणका लागि श्रमदान लगायत कार्य गरेकी थिइन् । राईको सहयोगमा सो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य अन्तिम चरणमा रहेको जनाइन ।

त्यस्तै विदेशको व्यस्तताबीच आफ्नो दुःख बिर्सेर मातृभूमिमा दुःख पीडा खेप्न वाध्य महिला दिदीबहिनीहरुको घाउमा मलम लगाउनु आफ्नो दायित्व रहेको जनाउ सहित महिलाहरुको हकाअधिकार, सम्मानजनक सहभागिताका लागि पुरुषहरुको विरोध होइन, सहकार्य र समझदारीको भूमिका महत्वपूर्ण हुने भन्दै एनआरएनएलाई गौरवान्वित संस्था बनाउन भूमिका निर्वाह गर्ने वाचा गरेकी छिन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30