सोमवार, जेष्ठ ७, २०८१

जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने विषयमा अनावश्यक द्वेष फैलाउनु ठिक होइन : सञ्चारमन्त्री

सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्ने कानुन निर्माणको प्रक्रियामा 

काठमाडौ असोज १७,

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलमा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग तत्कालीन १० वर्षे जनयुद्धकै कारण बनेको बताउनु भएको छ।

त्यस्तै उहाँले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा अध्यक्ष ओलीले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको विषयलाई लिएर सरकारको आलोचना गरेको विषयमा केन्द्रीत हुँदै जनयुद्धका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताउँनुभयो ।

साथै जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने विषय मन्त्रिपरिषद्ले निर्णय गरिसकेको हुनाले यस सन्दर्भमा अनावश्यक द्वेष फैलाउने काम गर्नु समय सापेक्ष नभएको बताउनभयो ।

त्यस्तै पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै हुँदै आएको अनेकन विकृतिप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले सरकार सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्ने कानुन निर्माणको प्रक्रियामा रहेको र अव बस्ने मन्त्रिपरिषद् बैठकबाट पारित हुने बताउनुभयो ।