सोमवार, जेष्ठ ७, २०८१

विपदबाट हुन सक्ने क्षति रोक्नको लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण :अध्यक्ष पोखरेल

अनुप प्रधान / काठमाडौं असोज १६,
विपद् पत्रकारिता सञ्जालले ‘विपद् जोखिम न्यूनीकरणको मूल प्रवाहिकरण तथा स्थानीयकरणमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया आयोजना गरेको छ।  मंगलबार राजधानीमा आयोजित अन्तरक्रियामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विपदबाट हुन सक्ने क्षति रोक्नको लागि पत्रकारहरुले महत्वपूर्ण कार्य गर्नसक्ने बताउँदै प्रर्याप्त सूचनाको आधारमा हुन सक्ने क्षतिलाइ न्यूनिकरण गर्न मिडियाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

त्यस्तै उहाँले विपद र यसको जोखिम न्यूनिकरणका लागि पत्रकारहरुले सरकार र स्थानीय सरकारको पूर्वतयारी कस्तो छ रु राहतको अवस्था कस्तो छ रु सो सम्बन्धमा समेत खोज पत्रकारिता सहित आफ्नो पेशागत धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो ।

ग्रामीण समाजकल्याण सङ्घ [आर्सो] नेपालको सहकार्यमा आयोजित प्रस्तुत अन्र्तक्रियामा सञ्जालकी अध्यक्ष अमिका राजथलाले पछिल्लो समय यो वा त्यो नाममा बढ्दो कुनै पनि किसिमको विपद न्यूनिकरणको पूर्व तयारीको लागि स्थानीय तहको तयारी खासै सन्तोष जनक नभएको जनाउ सहित विपद पछि भन्दा अघिनै यसको लागि जागरण अभियान सहित पहलकद्मी लिनु पर्ने बताइन्।

साथै उहाँले नेपालमा कुनै पनि किसिमका बढ्दो विपदको जोखिमलाइ पत्रकारिताको माध्यमबाट जनजनको वीचमा लैजाने जमर्को सहित गठन भएके यस संस्थाले काम गर्दै आएको जानकारी संगै संस्थागत कामकारवाहीको जानकारी दिनुभयो ।

त्यस्तै अन्तरक्रियामा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम नेटवर्कका रजनीश भण्डारीले विपद व्यवस्थापनको क्षेत्रमा खोज समाचार गर्नुपर्ने बताए। उनले विपदको बेला संचार सम्पर्कलगायतको सुविधा नभएको अवस्थामा पत्रकारले कसरी काम गर्न सकिन्छ भन्ने विषयगत एजेन्दामा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने विपद व्यवस्थापनका विज्ञ रामप्रसाद भण्डारीले विपदका कारण हुन सक्ने क्षति कम गर्नका लागि पत्रकार र मिडियाहाउसहरुले निरन्तर सरोकारवाला निकाय संगै समाजलाइ समेत सचेत गराउँन आवश्यक रहेको बताउनुभयो ।

 कार्यक्रममा सहकार्य संस्थाको तर्फबाट जितमान लामा, डिपिनेटका कार्यवाहक अध्यक्ष राजु थापा, डिमानका महासचिव विष्णु तिमिल्सिना लगायतले विपद व्यवस्थापन तथा जोखिम न्युनिकरणको विषयमा आफ्नो धारण व्यक्त गर्नुभएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30