सोमवार, जेष्ठ ७, २०८१

एमाले कोशी प्रदेशको अध्यक्षमा खतिवडा, कर्णालीमा गुलाबजंग निर्वाचित

काठमाडौं असोज १६,
नेकपा एमालेको जारी प्रदेश अधिवेशन अन्र्तगत कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका खतिवडाले अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पछि पार्दै विजयी भएका हुन् ।

पार्टी अध्यक्ष केपी ओली निकट मानिने खतिवडाले ५१२ मत पाप्त गर्दै गर्दा ढकालले भने ४३० मत प्राप्त गरेको निर्वाचन समितिलाइ उदृत गर्दै हाम्रा सहर्मीले जनाएको छ।

यसअघि पार्टी अध्यक्ष ओलीको सहमतिबाट प्रदेश नेतृत्व चयन गर्न दिएको निर्देशन वर्खिलाप ढकाल र खतिवडा प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

त्यस्तै प्रदेश उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा खतिवडा प्यानलका राजकुमार भण्डारी निर्वाचित भएका छन ।
दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको निर्वाचनमा ७३ जना निर्विरोध निर्वाचित भएपछि १४२ पदका लागि चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएके छ।

यसैवीच कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको प्यानल नै निर्वाचित भएको छ । सोमबार राति सम्पन्न मतपरिणामअनुसार शाहले ३६९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदै गर्दा निकटम प्रतिस्प्रर्धी उम्मेदवार मीनबहादुर शाहीले २०७ र प्रकाश रोकायाले चार मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कर्णाली प्रदेश १३५ सदस्यीय प्रदेश सदस्यमध्ये ४४ सदस्य सर्वसम्मत निर्वाचित हुँदा ८६ जनाका लागि मतदान भएको समितिले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30