सोमवार, जेष्ठ ७, २०८१

चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता मारमा

 काठमाडौं असोज १४,
नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 निगमले शनिबार रातिदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २ हजार ११० रुपैयाँ पुगेको छ ।यस्तै पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ । मूल्य वृद्धिसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ र डिजेलरमट्टितेल प्रतिलिटर १७५ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच निगमको यो निर्णय चाडपर्वको मुखैमा भएको भन्दै आम उपभोक्ताले समाजिक सञ्जालमार्फत विरोधसंगै उपभोक्तावादी संघसंस्थाको मौनताको समेत विरोध गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30