सोमवार, जेष्ठ ७, २०८१

पूर्व राजाद्वारा खेलाड़ीहरूलाई शुभकामना व्यक्त

काठमाडौं असोज १३,
नेपाली राष्ट्रिय क्रिकेट टीमले उत्कृष्ट प्रदर्शन गर्दै विश्व कीर्तिमान कायम गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले खेलाड़ीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।

पूर्व राजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले शनिवार जारी   वक्तव्यमा “मित्रराष्ट्र चाइनामा भएको १९ औं एशियाली खेलकुदमा नेपालले मंगोलियासंग खेलेको टी – २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र खेलाडीहरुले राखेको विश्वकीर्तिमानले हामीलाई अत्यन्तै खुशी तुल्याएको छ उल्लेख गर्नुभएको छ।

त्यस्तै सन्देशमा देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतिहरुको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरुले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेका छन् यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महशुस गरेका छौं । विश्व कीर्तिमानहरु कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरु र नेपाली क्रिकेट टीमलाई यो सफलताको लागि हार्दिक बढाई तथा शुभकामना व्यक्त गर्दछु भनिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031