सोमवार, जेष्ठ ७, २०८१

नेपाल-चीन सम्बन्धलाई थप उचाई दिन भ्रमण उपलब्धीपूर्ण रहेको प्रम प्रचण्डको दावी

काठमाडौं असोज १३,
प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । आफ्नो अमेरिका र चिन भ्रमणको विषयमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेललाइ सम्बोधन गर्दै प्रम प्रचण्डले भ्रमणको क्रममा नेपाल र चीनबिचका सबै नाका खोल्ने सहमतिसंगै यसको लागि चिन सरकारले अनुदान उपलब्ध गराउने वचन दिनुभएको बताउनुभएको छ ।

त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको जानकारी दिदै प्रम प्रचण्डले चनको छेन्दुबाट सहजै द्विपक्षीय उडानको विषयमा समेत छलफल भएको बताउनुभयो ।  समग्रमा आफ्नो विदेश भ्रमण उपलब्धीपूर्ण रहेको दावी सहित प्रधानमन्त्री प्रचण्डले नेपाल चीन सम्बन्धलाई थप उचाई दिन मद्दत गरेको बताउँनुभयो ।

यस्तोछ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिको पूर्णपाठ : 

  त्यसैगरी चिनियाँ प्रधानमन्त्री लि छियाङसँगको प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्तामा विद्युत प्रसारण लाइन, सौर्य ऊर्जा, सडक निर्माण र स्तरोन्नति र पूर्वाधार विकासजस्ता विषयमा गहन छलफल भएको बताउँदै चीनले नेपालको आवश्यकता अनुसार अरनिको राजमार्गको चौथो चरणको पुनर्निर्माण गर्ने, स्याफ्रुबेंसी–रसुवागढी सडक मर्मतमा सहयोग गर्ने र हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन गर्ने विषयमा समेत चिन सरकार सकारात्मक रहेको बताउनुभयो ।

साथै टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा काठमाडौं चक्रपथ परियोजनाको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने विषयसंगै विभिन्न १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको मा पनि सहमति भएको बताउनुभयो ।

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031