सोमवार, जेष्ठ ७, २०८१

जडीबुटीस्थित बसपार्क नभत्काउन उच्च अदालतको आदेश

 काठमाडौं असोज १३,

 उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका वडान. ३२ स्थित जडीबुटीमा निजी क्षेत्रको १४ रोपनी जग्गा भाडामा लिएर निर्माण गरिएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले बसपार्क नभत्काउन काठमाडौँ महानगरपालिकालाई शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

साथै अदालतले आदेश जारी हुन नपर्ने आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद, सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानुनबमोजिमको वारेसमार्फत लिखित जवाफ पेस गर्नसमेत महानगरलाई भनेको छ ।

महानगरले बसर्पाक भत्काउँने तयारी गरेसंगै सञ्चालनकहरुले उच्च अदालत गुहार्दै निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नू नगराउन अन्तरिम आदेश माग गर्दै निवेदन दिएको हो।

त्यस्तै अदालतले तत्कालका लागि अल्पकालिन आदेश जारी गरेपनि दुवै पक्षलाई राखेर छलफल गरेपछि मात्र अन्तरिम दिने वा नदिने निर्णय लिनका लागि असोज २१ गते छलफलका लागि पेसी समेत तोकेको छ ।

समरण रहोस,  पूर्व अरनिको यातायात प्रालिले निर्माण गरेको सो बसपार्क प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई निर्माण गरेको भन्दै काठमाडौँ महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले सञ्चालन गर्न नदिने जनाउ दिदै आएकोछ ।