सोमवार, जेष्ठ ७, २०८१

प्रम प्रचण्ड ८ दिने चीन भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै

काठमाडौं असोज १३,
प्रधानमन्त्री पुष्पकमल दाहाल ८ दिने चीन गएकाभ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका प्रम दाहाल उतैबाट सिधै चीन गएका हुन् । उनी बिहान ११ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चीन भ्रमणको क्रमम तिब्बतको ल्हासाबाट छेन्दु पुगेका प्रम प्रचण्डलाइ छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङलगायतले स्वागत गरेका थिए ।

त्यसअवसरमा प्रधानमन्त्री प्रचण्डले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुका साथै साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग दुईपक्षीय भेटवार्ता गरेका छन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।