सोमवार, जेष्ठ ७, २०८१

प्रचण्ड’ विरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको मंसिर २८ गते सर्वोच्चले निर्णय सुनाउने

काठमाडौ असोज ७,
प्रधानमन्त्री ‘प्रचण्ड’ विरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आजबाट बहस सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा  ७ वर्ष पुरानो उक्त मुद्दाको बहस सकिएसंगै इजलासले प्रस्तुत मुद्धाको आगामी मंसिर २८ गते सुनाउने निर्णय सहितको आदेश सुनाउने मिति तोकेको हो।

प्रचण्डले २०७३ वैशाखमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अदालतमा आफूविरूद्ध षड्यन्त्र भएको र माओवादीविरूद्ध अदालत प्रयोग भइरहेको भन्दै दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको जकिर सहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा तत्कालीन समयमा निवेदन दिएका थिए।

 स्मरण रहोस , त्यससमयमा गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा चितवनबाट माओवादी कार्यकर्ता छविलाल अधिकारी
हत्या आरोपमा बालकृष्ण ढुंगेल पक्राउ परेको सेरोफेरोमा प्रचण्डले शान्ति प्रक्रियाविरूद्ध अदालत अघि बढ्दैछ भनी अभिव्यक्ति दिएका थिए।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031