सोमवार, जेष्ठ ७, २०८१

रत्नपार्कबाट सूर्यविनायक सम्मको द्रुत बस सेवा सञ्चालनमा

 काठमाडौं असोज ३,
काठमाडौं उपत्यकामा आजदेखि द्रुत बस सेवा सञ्चालनमा आएको छ।  आज राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटको द्रुत बस सेवाको उद्घाटन गर्नुभएको हो ।

द्रुत बस सेवाको उद्घाटन संगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरका मेयर बालेन्द्र साहलगायतले यात्रा गरेका छन् ।

रत्नपार्कबाट सूर्यविनायक सम्मको दुरी ४५ मिनेटमै तय गर्ने बताइएको द्रुत बसको सेवाको उपभोग भने सर्वसाधारण यात्रुले बिहीबारदेखि मात्रै गर्न पाउँने बताइएको छ।